खेल

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त ४:४५ बजे सुरु हुनेछ ।

लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।

लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

गाउँ सहर संवाददाता