नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै
- गाउँ सहर संवाददाता
- १५ असार आइतबार, २०८२ | ०६:४०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा हुने खेल आइतबार साँझ सवा ६ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि एसियन कप छनोटको पहिलो खेल मात्रै हैन एक सयौँ अन्तर्राष्ट्रिय खेलसमेत हो।
नेपाली टोली लाओसलाई पराजित गर्दै एसियन कप छनोटमा सुखद सुरुवात गर्न चाहन्छ।
नेपाल र लाओस पहिलो पटक भेट हुन लागेका हुन्।
समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यही असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।
उज्वेकिस्तानसँगको तीन भेटमा नेपाल अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ। श्रीलंकासँग भने आठ खेल खेल्दा सबैमा नेपाल विजयी भएको छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ। यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस