गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
- गाउँ सहर संवाददाता
- ३० चैत शनिबार, २०८१ | ०९:०५:०० मा प्रकाशित
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । नियमित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए । प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित भए ।
उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उनले हात पारे । यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडा नं. ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । उनीहरूलाई ३ - ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
आज बिहान भएको खेलमा वडा नं .२ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं . ३ तृतीय स्थान हासिल गरेको थियो । खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस