गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
- गाउँ सहर संवाददाता
- ३० चैत शनिबार, २०८१ | ०९:०५:०० मा प्रकाशित
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । नियमित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए । प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित भए ।
उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उनले हात पारे । यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडा नं. ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । उनीहरूलाई ३ - ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
आज बिहान भएको खेलमा वडा नं .२ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं . ३ तृतीय स्थान हासिल गरेको थियो । खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस