अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलामा ९४ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ, तेजावी सुन ९४ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

गाउँ सहर संवाददाता