सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि
- गाउँ सहर संवाददाता
- १७ जेठ आइतबार, २०८३ | १२:३८:०० मा प्रकाशित
काठमाडाैं । मूल्य बढेर आज सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा ५६ सय रुपैयाँ बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ५५ सय रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। गएको शुक्रबार तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ४० रुपैयाँ कायम भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गएको माघ १५ गते पनि सुनको भाउ ताेलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस