अमेरिकी सहायक विदेशमन्त्री तीनदिने नेपाल भ्रमणका लागि आज आउँदै
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ०९:०७:०० मा प्रकाशित

काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइ पुग्दै छन् । उनी माल्दिभ्सबाट नेपाल आउन लागेका हुन् ।
सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, विभिन्न सहयोग आदान–प्रदान, एमसिसी सम्झौतालगायतका विषयमा छलफल हुने छ ।
एससिसी सम्झौता पास नहुँदा अमेरिका नेपालसँग असन्तुष्ट छ । यसअघि पनि एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गरेकी थिइन् ।
उनले सम्झौता नेपालकै भलाइको पक्षमा रहेको भन्दै चाँडो पास गर्न आग्रह पनि गरेकी थिइन् । उनले नेपालका शीर्ष नेतालाई भेट्दै यसबारे जानकारी लिएकी थिइन् ।
तीन दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रलायले जनाएको छ । यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस