गाउँ सहर
२२ जुवाडे पक्राउ
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १३:३८:०० मा प्रकाशित
काठमाडौं । प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरूलाइ काठमाडौंको चौमती र दक्षिणकालीबाट पक्राउ गरेकाे हाे ।
काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताएका छन् । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीको जुवा खालबाट ४७ हजार नगद र ३ बुक तास बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङबाट खटिएको टोलीले दक्षिणकालीबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस