गाउँ सहर
२२ जुवाडे पक्राउ
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १३:३८:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरूलाइ काठमाडौंको चौमती र दक्षिणकालीबाट पक्राउ गरेकाे हाे ।
काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताएका छन् । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीको जुवा खालबाट ४७ हजार नगद र ३ बुक तास बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङबाट खटिएको टोलीले दक्षिणकालीबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस