नेपालमा काेराेनाविरूद्ध १ कराेड ६१ लाख ७१ हजार ३२९ मात्रा खाेप लगाइयाे, यस्ताे छ पूर्ण विवरण
- गाउँ सहर संवाददाता
- २१ कार्तिक आइतबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा काेराेनाविरूद्धकाे पूर्ण खाेप लगाउने ७४ लाख ३४ हजार ७९७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
दैनिक अपडेटमार्फत उसले साे कुराकाे जानकारी गराएकाे हाे ।
मन्त्रालयका अनुसार कम्तिमा एकमात्रा खाेप लगाउने ८७ लाख ३६ हजार ५३२ पुगेका छन् ।
खाेप अभियान सुरू भएपश्चात अहिलेसम्म कुल १ कराेड ६१ लाख ७१ हजार ३२९ मात्रा खाेप लगाइएकाे छ ।

मन्त्रालयले यसरी लगाइएकाे खाेपमा काेभिशिल्ड, भेराे सेल, जाेन्सन एन्ड जाेन्सन, जापानी काेभिड १९ एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका रहेकाे बताएकाे छ ।
मन्त्रालयका अनुसार कुल जनसंख्या ३ कराेड ३ लाख ७८ हजार ५५ मध्ये कम्तिमा एक मात्रा २८.८ प्रतिशतले लगाएका छन् भने २४.५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
सरकारले लक्षित जनसंख्या, १८ वर्ष वा साे भन्दा माथि रहेका १ कराेड ९९ लाख २२ हजार १६४ मध्ये ४३.९ प्रतिशतले एक मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
यस्तै लक्षित जनसंख्या, १५ वर्ष वा साे भन्दा माथिका २ कराेड १७ लाख ५६ हजार ७६३ मध्ये ४०.२ प्रतिशतले कम्तिमा एक मात्रा र ३४.२ प्रतिशतले पूर्ण मात्रा लगाएकाे मन्त्रालयले स्पष्ट पारेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस