नेपालमा काेराेनाविरूद्ध १ कराेड ६१ लाख ७१ हजार ३२९ मात्रा खाेप लगाइयाे, यस्ताे छ पूर्ण विवरण
- गाउँ सहर संवाददाता
- २१ कार्तिक आइतबार, २०७८ | १३:२८:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा काेराेनाविरूद्धकाे पूर्ण खाेप लगाउने ७४ लाख ३४ हजार ७९७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
दैनिक अपडेटमार्फत उसले साे कुराकाे जानकारी गराएकाे हाे ।
मन्त्रालयका अनुसार कम्तिमा एकमात्रा खाेप लगाउने ८७ लाख ३६ हजार ५३२ पुगेका छन् ।
खाेप अभियान सुरू भएपश्चात अहिलेसम्म कुल १ कराेड ६१ लाख ७१ हजार ३२९ मात्रा खाेप लगाइएकाे छ ।
मन्त्रालयले यसरी लगाइएकाे खाेपमा काेभिशिल्ड, भेराे सेल, जाेन्सन एन्ड जाेन्सन, जापानी काेभिड १९ एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका रहेकाे बताएकाे छ ।
मन्त्रालयका अनुसार कुल जनसंख्या ३ कराेड ३ लाख ७८ हजार ५५ मध्ये कम्तिमा एक मात्रा २८.८ प्रतिशतले लगाएका छन् भने २४.५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
सरकारले लक्षित जनसंख्या, १८ वर्ष वा साे भन्दा माथि रहेका १ कराेड ९९ लाख २२ हजार १६४ मध्ये ४३.९ प्रतिशतले एक मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
यस्तै लक्षित जनसंख्या, १५ वर्ष वा साे भन्दा माथिका २ कराेड १७ लाख ५६ हजार ७६३ मध्ये ४०.२ प्रतिशतले कम्तिमा एक मात्रा र ३४.२ प्रतिशतले पूर्ण मात्रा लगाएकाे मन्त्रालयले स्पष्ट पारेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस