स्वास्थ्य
मौसमी फ्लूका बिरामी बढ्दै, यसबाट कसरी बच्ने ?
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | १३:३८:०० मा प्रकाशित
काठमाडौँ । वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन् । कोरोना संक्रमणसँगै मिल्दो जुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ ।
यसबाट बच्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निम्न उपायहरु अपनाउन अनुरोध गरेको छः
- फ्लू लागेका व्यक्तिहरुबाट टाढै बसौँ ।
- आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौँ ।
- घरमा कसैलाई फ्लू लागे वा रुघाखोकी लागे सबैले मास्क लगाऔँ ।
- खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ ।
- बेलाबेलामा साबुनपानीले हात धोऔँ ।
- हातले आँखा, नाक वा मुख छुने बानी त्यागौँ ।
- तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ ।
- प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔँ ।
- गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौँ ।
- सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔँ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस