झाडापखालाबाट बाँकेमा चार जनाको मृत्यु, १२ जना बिरामी
- गाउँ सहर संवाददाता
- १७ भदौ सोमबार, २०८१ | ०९:४२:०० मा प्रकाशित
काठमाडाैं । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ।
बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर- ३ मा चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन्। चार जनाकाे आइतबार मृत्यु भएकाे हाे।
नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। नरैनापुर- ३ को गेगली गाउँमा झाडापखाला फैलिएको हो।
झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन लाल पासीकी श्रीमती ६० वर्षीया शान्ति र सखावत अलिका १० वर्षका छोरा युसुफको मृत्यु भएको उपाध्यक्ष श्रीवास्तले जानकारी दिइन्।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए।
के कारणले झाडापखाला फैलियो पुष्टि भएको छैन। स्वास्थ्यकर्मीले गर्मी र दूषित पानीको कारण झाडापखाला फैलिएको आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले भने झाडा पखालाबाट गाउँलेको मृत्यु भएको विषयमा कुनै जानकारी नआएको जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस