कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १९:२७:०० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन् ।
कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।
गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे । सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरेका शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो । शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस