वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
- गाउँ सहर संवाददाता
- २७ श्रावण मंगलबार, २०८२ | १९:३४:०० मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आफ्नै पार्टीभित्रको आन्तरिक किचलोकाबीच बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत लिएका हुन् ।
कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । उनको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।
कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण बृठकमा सहभागी भएनन् । प्रदेशसभाको बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो । कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेका थिए । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका थिए ।
पार्टीभित्रको विवादका कारण आफ्नै दल कांग्रेसका १४ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए पनि केन्द्रीय नेतृत्वको दबाबपश्चात उनीहरु बैठक सञ्चालन हुने समयमा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरेका थिए । उनीहरुले बानियाँको पक्षमा मतदान गरेका थिए । उनीहरुकै कारण दिउँसो ४ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो गरी प्रदेशसभाको सञ्चालन भएको थियो ।
बागमतीमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले ६ मन्त्री नै सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ । कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन । दुवै बानियाँ निकट हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस