मधेसको मुख्यमन्त्री सरोज यादव, उपचार गर्न हिँडेकी प्रदेश प्रमुखले गराइन् हाेटलमै सपथ
- गाउँ सहर संवाददाता
- २४ कार्तिक सोमबार, २०८२ | ०७:३७:०० मा प्रकाशित
काठमाडाैं । एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
रातारात नियक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री यादवले एक होटेलमै शपथ लिएका छन् ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए।
सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।
त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए ।
तर, लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो । त्यसपछि होटेलमै शपथ गराएको भिडियो समेत सार्वजनिक भएको हो ।

आफूले उपचारका लागि बिदाइ गरेकी प्रदेश प्रमुख भण्डारीले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियक्त गरेर शपथ खुवाएपछि निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले भने मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री बनेका यादवले सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त गरेका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस