अर्थतन्त्र

सोमबार नेप्से परिसूचक १७ अंकले गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेको छ । सोमबारको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

यो दिनको कारोबारमा १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसूचकतर्फ भने लगानी समूहमा ०.४३ प्रतिशत, होटल र पर्यटन ०.२३ प्रतिशत र बैंकिङ समूहमा ०.२५ प्रतिशत वृद्धि देखिएको छ भने अन्य उपसूचकमा भने गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक, आरएमडीसी लघुवित्त, नबिल बैंक, कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनी छन् ।

यो दिनको कारोबारमा मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साहज उर्जा, पाँचथर पावर कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स र सिभिल बैंकको सेयर मूल्यमा उत्साहजक वृद्धि देखिएको छ ।

गाउँ सहर संवाददाता