मुख्यमन्त्री आचार्यले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १४:३६:०० मा प्रकाशित
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनु/टुटाउनतर्फ लाग्ने काम अराजनीतक हुने उनको भनाइ थियो । लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्ने पनि उनले बताए । 'संविधानमाथि, लोकतन्त्रमाथि खतरा आयो भने हामी मिलेर जानुको विकल्प छैन,' उनले भने ।
यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।
९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।
संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेमा ४२ औं दिनमा कार्तिक ५ गते प्रदेशसभामा प्रस्ताव राखेका थिए ।
मुख्यमन्त्री आचार्यले निर्वाचन आयोगले एमालेका १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय २५ गते गरेकोलाई आधार बनाएर ३० दिनभित्र अर्थात् असोज २३ गतेसम्ममा सदनमा विश्वासको प्रस्ताव राख्नु पर्ने थियो ।
प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुभन्दा २ दिन अगाडि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनु पर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ । तर उनले असोज २५ गते ३२ औं दिनमा प्रदेशसभा सचिवालयमा विश्वासको मतका लागि सूचना दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस