एएफसी यू-२३ एसियन कप : नेपाल लेबनानसँग ४–० ले पराजित
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १९:१८:०० मा प्रकाशित

काठमाडौं । एएफसी यु–२३ एसियन कप फुटबल खेल छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भएको छ ।
आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाल लेबनानसँग पराजित भएको हो ।
नेपाल जित विहीन रहदै घर फर्किएको छ । समूह 'बी' को नेपालले अंक जोड्न सकेन ।
नेपाल यसअघि इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० ले परासजत भएको थियो ।
नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यसअघि लगातार दुई खेलमा पराजित लेबनानले भने नेपालमाथि जित निकाल्दै सुखद अन्त्य गरेको छ । लेबनान पहिलो खेलमा ताजिकिस्तानसँग १–० तथा दोस्रो खेलमा इरानसँग २–० ले पराजित भएको थियो ।
यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीच आजै खेल हुनेछ ।
यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस