एएफसी यू-२३ एसियन कप : नेपाल लेबनानसँग ४–० ले पराजित
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १९:१८:०० मा प्रकाशित
काठमाडौं । एएफसी यु–२३ एसियन कप फुटबल खेल छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भएको छ ।
आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाल लेबनानसँग पराजित भएको हो ।
नेपाल जित विहीन रहदै घर फर्किएको छ । समूह 'बी' को नेपालले अंक जोड्न सकेन ।
नेपाल यसअघि इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० ले परासजत भएको थियो ।
नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यसअघि लगातार दुई खेलमा पराजित लेबनानले भने नेपालमाथि जित निकाल्दै सुखद अन्त्य गरेको छ । लेबनान पहिलो खेलमा ताजिकिस्तानसँग १–० तथा दोस्रो खेलमा इरानसँग २–० ले पराजित भएको थियो ।
यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीच आजै खेल हुनेछ ।
यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस