होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०८३ | १९:०४:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँका होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बुधबार ‘अत्यन्त जरुरी सूचना’ जारी गरी सबै होटल र रेस्टुरेन्टलाई धुम्रपान गर्ने छुट्टै ठाउँ बनाउन भनेको हो। धुम्रपान नगर्नेहरूलाई असर परिरहेको गुनासो आएको सूचनामा उल्लेख छ।
‘यस जिल्ला भित्रका होटल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रुपमा हुक्का चुरोटलगायत धुम्रपान गर्ने गरेको, यसबाट धुम्रपान नगर्ने व्यक्तिहरूलाई स्वास्थ्यमा परेको असर तथा होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले कानुनी व्यवस्थाको पालना नगरेको भनी यस कार्यालयमा गुनासो प्राप्त हुन आएको छ,’ सूचनामा भनिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा अनियमन गर्ने) ऐन, २०६८ अनुसार व्यवस्था गर्न भनेको छ।
‘धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिने गरी एवं धुम्रपान गर्न मिल्ने स्थानलाई चारैतिबाट बन्द हुने गरी अन्य कोही कसैलाई त्यसको असर नपर्ने गरी मात्र होटल तथा रेस्टुरेन्टहरू व्यवस्थित गर्नुहुन सबैमा यो सूचना जारी गरिएको छ,’ प्रशासनले भनेको छ।
यसअनुसार, व्यवस्था नगर्ने होटल तथा रेस्टुरेन्टलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेनावती दिएको छ। यसको अनुगमन पनि गरिने जनाइएको छ। \

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
- प्रभु बैंकको खण्डन: बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
- सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, भर्सन नेक्स्ट ‘आई–सोलुसनको शुभारम्भ
- दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न डा. धवलशम्सेर राणाको माग
- काठमाडौंमा कपिल गोत्रीय पुवार खडका गुठीको आफ्नै भवन, इतिहास संरक्षणका लागि अनुसन्धान केन्द्र
- पोखरामा दोस्रो कोदो महोत्सव
- कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन
प्रतिकृया दिनुहोस