सिटिजन लाइफले बृद्धाश्रममा मनायाे चाैथाे वार्षिकाेत्सव
- गाउँ सहर संवाददाता
- ६ कार्तिक शनिबार, २०७८ | ११:५४:०० मा प्रकाशित
.jpeg)
बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले आफ्नो चाैथाे वार्षिकाेत्सव बृद्धाश्रममा मनाएकाे छ ।
कम्पनीकाे बिर्तामाेड शाखाले चाैथाे वार्षिकाेत्सव पराेपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बिर्तामाेड-४, स्थित बृद्धाश्रममा विविध कार्यक्रम गरेर मनाएकाे हाे ।
शुक्रबार वार्षिकाेत्सवकाे अवसरकाे अवसरमा बिर्तामाेड शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूका लागि ब्लड प्रेसर नाप्ने मेशिन, फलफूल, जुश तथा अन्य खाद्य सामाग्री प्रदान गरेकाे थियाे ।
साे कार्यक्रममा पराेपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम माेदनले बृद्धाश्रम सञ्चालनमा सरकार र गैरसरकारी संस्थाबाट कुनै सहयाेग नगरेकाे ठाउँमा सिटिजन लाइफ इन्स्याेरेन्सले सम्झेकाे भन्द धन्यबाद व्यक्त गरे ।
साे अवसरमा सिटिजन लाइफ इन्स्याेरेन्सका एरिया ब्रान्च मेनेजर उत्तम काेइरालाले आगामी दिनमा पनि संस्थाले मानव सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरे ।
वरिष्ठ एजेन्सी मेनेजर खगेन्द्र लुइटेल, एजेन्सी मेनेजर ताेयानाथ दाहालले आफ्नाे क्षमताले भ्याएसम्म बृद्धाश्रमलाई सहयाेग गर्ने बचनवद्धता गरे ।
बिर्तामाेड शाखा प्रमुख जमुना कटुवालले सञ्चालन गरेकाे कार्यक्रममा बिर्तामाेड शाखाका सम्पूर्ण कर्मचारीहरू, सिनियर एजेन्सी मेनेजरहरू, एजेन्सी मेनेजरहरू, युनिट मेनेजरहरू र अभिकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे
थप तस्बिरहरू :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस