सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड शाखाद्वारा मृत्यु दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | ०९:५९:०० मा प्रकाशित

झापा । सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेकाे छ ।
झापा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई बीमा वापतकाे रकम विर्तामाेड शाखा प्रमुख जमुना कटुवाल, सिनियर एजेन्सी मेनेजर खगेन्द्र लुइटेल र धुलाबारी शाखा प्रमुख विशाल सिटाैलासहितकाे उपस्थितिमा ६ लाख १० हजार बराबरकाे चेक हस्तान्तरण गरेकाे हाे ।
सिम्रिक साकाेसद्वारा विर्तामाेड शाखामार्फत सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीकाे ऋण बीमा गरेका गाेबिन्द बहादुर याङहाङकाे निधन भएकाे र ऋण बराबरकाे रकम र काजक्रिया खर्चसमेत गरेर एकमुष्ट ६ लाख १० हजार साकाेसका जनशक्ति विभाग प्रमुख मीनबहादुर अधिकारीलाई हस्तान्तरण गरिएकाे हाे ।
सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड प्रमुख जमुना कटुवालले मृतक परिवारप्रति गहिराे समवेदना व्यक्त गर्दै शाेकाकुल घडीमा डुबेका परिवारलाई बीमा रकमले आर्थिक मलमकाे काम गर्ने बताउँदै भविष्यमा जहाँ, जतिबेला पनि हुनसक्ने दुर्घटना, भवितव्य तथा संकटमा बीमा गर्नाले आर्थिक राहतकाे काम गर्न बताइन् ।
उनले बीमा गर्नाले तत्काल आइपर्ने आर्थिक संकट र ऋणकाे बाेझबाट छुटकारा पाउन बीमाका माध्यमबाट जाेखिमलाई हस्तान्तरण गर्न सकिने तथा सरल तरिकाबाट दाबी भुक्तानी गरि बीमाप्रतिकाे जनविश्वासलाई अझै बढाउँदै लैजान सिटिजन लाइफ इन्स्याेरेन्सले उत्कृष्ट सेवा प्रदान गर्दै आएकाे बताइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस