सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड शाखाद्वारा मृत्यु दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | ०९:५९:०० मा प्रकाशित
झापा । सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेकाे छ ।
झापा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई बीमा वापतकाे रकम विर्तामाेड शाखा प्रमुख जमुना कटुवाल, सिनियर एजेन्सी मेनेजर खगेन्द्र लुइटेल र धुलाबारी शाखा प्रमुख विशाल सिटाैलासहितकाे उपस्थितिमा ६ लाख १० हजार बराबरकाे चेक हस्तान्तरण गरेकाे हाे ।
सिम्रिक साकाेसद्वारा विर्तामाेड शाखामार्फत सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीकाे ऋण बीमा गरेका गाेबिन्द बहादुर याङहाङकाे निधन भएकाे र ऋण बराबरकाे रकम र काजक्रिया खर्चसमेत गरेर एकमुष्ट ६ लाख १० हजार साकाेसका जनशक्ति विभाग प्रमुख मीनबहादुर अधिकारीलाई हस्तान्तरण गरिएकाे हाे ।
सिटिजन लाइफ इन्स्याेरेन्स विर्तामाेड प्रमुख जमुना कटुवालले मृतक परिवारप्रति गहिराे समवेदना व्यक्त गर्दै शाेकाकुल घडीमा डुबेका परिवारलाई बीमा रकमले आर्थिक मलमकाे काम गर्ने बताउँदै भविष्यमा जहाँ, जतिबेला पनि हुनसक्ने दुर्घटना, भवितव्य तथा संकटमा बीमा गर्नाले आर्थिक राहतकाे काम गर्न बताइन् ।
उनले बीमा गर्नाले तत्काल आइपर्ने आर्थिक संकट र ऋणकाे बाेझबाट छुटकारा पाउन बीमाका माध्यमबाट जाेखिमलाई हस्तान्तरण गर्न सकिने तथा सरल तरिकाबाट दाबी भुक्तानी गरि बीमाप्रतिकाे जनविश्वासलाई अझै बढाउँदै लैजान सिटिजन लाइफ इन्स्याेरेन्सले उत्कृष्ट सेवा प्रदान गर्दै आएकाे बताइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस