जन्म दिनमा जसले दिइन् सिटिजन लाइफ इन्स्याेरेन्सकाे बीमालेख उपहार
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | ११:५३:०० मा प्रकाशित

इटहरी । जन्म दिन अनि उपहार स्वभाविक मानिन्छ । तर पछिल्लाे समयमा जन्म दिनमा दिइने उपहारकाे स्वरूप भने फेरिन थालेकाे छ । जन्म दिनमा फजूल खर्च गर्ने भन्दा बचत गर्ने बानी पनि शुरू हुन थालेकाे छ ।
इटहरी उपमहानगर पालिका वडा नं. २ का गणेश सुनामले जन्म दिनकाे उपलक्ष्यमा श्रीमतीबाट बीमालेख उपहार पाए ।
जन्मदिनकाे अवसरमा श्रीमती तारादेवी दर्जीले श्रीमान सुनामका लागि १५ लाख बराबरकाे सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीकाे बीमालेख उपहार दिएकी हुन् ।
दर्जीले श्रीमानकाे बचत गर्ने बानीकाे विकास र सुरक्षाका लागि साे बीमालेख उपहारस्वरूप आफ्ना श्रीमानलाई दिएकाे बताइन् ।
साे बीमालेख उपहार हस्तान्तरण कार्यक्रममा इटहरी एरियाका एरिया ब्राञ्च मेनेजर रामबहादुर खत्री, इटहरी शाखाप्रमुख दिपेन्द्र प्रधान र कम्पनी सिनियर एजेन्सी मेनेजर प्रमिला प्रधानले शुभकामना दिएका थिए ।
पछिल्लाे समय जन्म दिनमा बीमालेख उपहार दिने चलन बढ्दाे रहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस