राजेन्द्र पाण्डे वागमती प्रदेशकाे मुख्यमन्त्री बन्ने पक्का, समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १६:२९:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले नेता राजेन्द्र पाण्डेलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अघि सारेकाे छ ।
विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएकाे हाे ।
मुख्यमन्त्रीका लागि कांग्रेस नेता र पाण्डेबीच प्रतिस्पर्धा थियो ।
त्यसैगरि स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन् ।
गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् । प्रदेशसभा बैठक बिहीबार बस्दैछ ।
बागमती र प्रदेश १ मा समाजवादीले मुख्यमन्त्री पाउने पूर्वसमझदारी विपरीत कांग्रेसमा असन्तुष्टि बढेपछि आधा कार्यकाल बाँड्ने सहमति भएको नेताहरुले दाबी गरेका छन्।
पहिलो चरणमा समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सहमति विपक्षी गठबन्धनको बैठकले गरेको छ भने त्यसपछि आधा कार्यकाल कांग्रेसका मोहन बानियाँ मुख्यमन्त्री हुनेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस