राजेन्द्र पाण्डे वागमती प्रदेशकाे मुख्यमन्त्री बन्ने पक्का, समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले नेता राजेन्द्र पाण्डेलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अघि सारेकाे छ ।
विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएकाे हाे ।
मुख्यमन्त्रीका लागि कांग्रेस नेता र पाण्डेबीच प्रतिस्पर्धा थियो ।
त्यसैगरि स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन् ।
गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् । प्रदेशसभा बैठक बिहीबार बस्दैछ ।
बागमती र प्रदेश १ मा समाजवादीले मुख्यमन्त्री पाउने पूर्वसमझदारी विपरीत कांग्रेसमा असन्तुष्टि बढेपछि आधा कार्यकाल बाँड्ने सहमति भएको नेताहरुले दाबी गरेका छन्।
पहिलो चरणमा समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सहमति विपक्षी गठबन्धनको बैठकले गरेको छ भने त्यसपछि आधा कार्यकाल कांग्रेसका मोहन बानियाँ मुख्यमन्त्री हुनेछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस