सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०८३ | १६:४८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले अहिलेको सरकार असफल भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरि कांग्रेसले सरकारको असफलतालाई १५ बुँदामा उतारेको छ ।
प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत सरकारले संकटमा पर्दा त्यसको समाधान खोज्नुको सट्टा विषयान्तर गरेर जनताको ध्यान अन्तै मोड्ने प्रयासमा लिप्त बनेको आरोप लगाए ।
उनले कांग्रेसले सरकारको अस्थिरता नचाहेको बताउँदै सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारमा बलियो र स्थिर बन्नुपर्ने बताए । कांग्रेसले कुनैपनि दलको आन्तरिक मामिलामा टिप्पणी नगर्ने तर सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकार माथि प्रश्न उठेको बेला प्रतिपक्षको संवैधानिक र नैतिक मूल्यमा मौन नरहने बताए ।
पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभाले हालै पारित गरेको ‘प्रतिनिधिसभा नियमावली’ देखि राहदानी खरिद प्रकरण, सुकुम्बासी समस्या, भ्रष्टाचार विरूद्धको दोहरो मापदण्ड, गृहमन्त्री सम्बन्धी विवाद, भदौ २३/२४ को घटना देखि सुनसरीको देवानगञ्ज– कप्तानगञ्ज, सिरहा सम्मका घटना र विषयहरूमा सरकार अनुत्तरदायी रहेको बताए ।
सरकारको असफलताबारे यस्तो छ कांग्रेसको तर्क :
१. सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण असफल
२. देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग
३. भदौ २३/२४ घटनामा सर्वस्वीकार्य आयोग माग
४. अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण
५. राहदानी खरिद प्रकरणमा प्रश्न
६. प्रतिनिधिसभा नियमावली संविधानविपरीत
७. भ्रष्टाचारमा सरकारले दोहोरो मापदण्ड
८. सरकारी नियुक्तिमा दलीयकरण
९. विदेश नीतिमा अपरिपक्व
१०. गृहमन्त्रीबारे निष्पक्ष अनुसन्धानको माग
११. सुकुम्बासीलाई आश्वासन मात्रै
१२. निजी क्षेत्रमाथि दबाब
१२. निजी क्षेत्रमाथि दबाब
१४. ग्यास संकट
१५. विद्यार्थी र शिक्षक मारमा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
प्रतिकृया दिनुहोस