राजनीति

ओली-लेखक पक्राउबारे के भन्याे कांग्रेसले ?

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । 

कांग्रेसले सरकार निष्पक्ष न्याय निरूपणतर्फ लाग्नुपर्नेमा घटनाको राजनीतिकरणतर्फ लागेको धारणा व्यक्त गरेको हो । प्रवक्ता देवराज चालिसेबाट जारी वक्तव्यमा भनिएको छ,''एकै घटनाका दोषीमाथि चयनमुखी व्यवहारले कानुनका स्थापित विधिको पालना हुँदैन । यसले न्याय पाउने प्रक्रियालाई गिजोल्ने देखिन्छ । सरकारले निष्पक्ष छानबिन गरी न्याय निरूपण गर्नुभन्दा घटनामा थप राजनीतिक गर्न खोजेको देखिन्छ ।''

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रह रहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्नेमा काँग्रेस दृढ रहेको विज्ञप्तिमा भनिएको छ । 

कसैमाथि कारबाही उत्तेजना र आवेगमा नभएर कानुनी प्रक्रिया बमोजिम हुनुपर्ने कांग्रेसले बताएको छ । ''यसमा सरकार स्वयं संयमित  र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनी शासन कमजोर हुनसक्छ । देश पुनश्च द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ,'' विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसले सरकारलाई निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कारबाही गर्न माग गरेको छ । भदौ २४ का घटनामा संलग्नमाथि पनि कारबाही हुनुपर्ने माग कांग्रेसले गरेको छ । 

पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताए।

एमालेले पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलनमा गएको छ।  तर पूर्वगृहमन्त्री समेत रहेका लेखक पक्राउको विरोधमा सडक आन्दोलनबारे जाने सम्भावनाबारे उनले भने,  ‘अहिले त्यस्तो कुनै कार्यक्रम छैन। हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो। थप केही सोच्नुपर्‍यो भने फेरि निर्णय गरौँला।’

गाउँ सहर संवाददाता

तपाईँको मत