रिलायन्स लाइफद्वारा 'रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना' सार्वजनिक
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | १६:२१:०० मा प्रकाशित

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले 'रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना' सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।
उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ ।
यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ ।
यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ ।
यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस