श्रवणले पाए ‘रिलायबल सुलभ बाल जीवन प्लस बीमा योजना’ उपहार
- गाउँ सहर संवाददाता
- २० भदौ बिहीबार, २०८१ | १७:२६:०० मा प्रकाशित
काठमाडौं । पछिल्लाे समयमा जन्मदिनमा परिवारका सदस्यले उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेकाे छ । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको हाे । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरणस्वरूप लमजुङमा छोरालाई जन्मदिनमा आमाले अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएकी छन् ।
लमजुङ जिल्लाको राइनास-८ की सविना श्रेष्ठले आफ्नो छोरा श्रवण कुमार श्रेष्ठको जन्मदिनमा रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ बाल जीवन प्लस बीमा योजना’ उपहार दिएकी हुन् । उनले आफ्नो छोराको भविष्यको ख्याल गर्दै १६ वर्षे अवधिको उक्त बीमा पोलिसी उपहारमा दिएको कम्पनीले जनाएको छ ।
लमजुङ शाखाका प्रमुख राजु गुरुङको उपस्थितिमा उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सुरक्षित भविष्यका लागि आर्थिक क्षति बिरुद्धको उत्तम विकल्प नै जीवन बीमा रहेको बीमा मानिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस