रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सेवाका लागि सम्झौता
- गाउँ सहर संवाददाता
- १९ माघ बिहीबार, २०७९ | २२:५५:०० मा प्रकाशित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ।
उक्त सम्झौतापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन्।
सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।
रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्सुरेन्स तथा अण्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।
रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बिमा क्षेत्रमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस