सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स : बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म
- गाउँ सहर संवाददाता
- २२ भदौ शुक्रबार, २०८० | १५:२०:०० मा प्रकाशित
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । कम्पनीले सवाधिक जीवन बीमा (रेगुलर) योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
१० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
यस्तै, कम्पनीले सवाधिक जीवन बीमा (एकल) योजनामा न्युनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
त्रिपल सवाधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
कम्पनीले दम्पति सवाधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
कम्पनीले सवाधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस