गाउँ सहर
दशैंकाे बेला दशाः जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडौँ । कास्कीको घान्द्रुकमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।
कास्कीका सिडिओ जयनारायण आचार्यले घटनाको पुष्टि गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट घान्द्रुक जान लागेको ग २ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा ९ जना सवार रहेकोमा एक जना भीरमा अड्किँदा बाच्न सफल भएको प्रहरीले जनाएको छ ।
जीप पोखराबाट आज दिउँसो २ः०० बजे छुटेको थियो । जीप घान्द्रुकको कालाभीरबाट मोदी खोलामा खसेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भइनसकेको र यसका लागि तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस