गाउँ सहर
दशैंकाे बेला दशाः जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडौँ । कास्कीको घान्द्रुकमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।
कास्कीका सिडिओ जयनारायण आचार्यले घटनाको पुष्टि गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट घान्द्रुक जान लागेको ग २ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा ९ जना सवार रहेकोमा एक जना भीरमा अड्किँदा बाच्न सफल भएको प्रहरीले जनाएको छ ।
जीप पोखराबाट आज दिउँसो २ः०० बजे छुटेको थियो । जीप घान्द्रुकको कालाभीरबाट मोदी खोलामा खसेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भइनसकेको र यसका लागि तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस