नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०८२ | ०७:१५:०० मा प्रकाशित
पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा २६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संयुत्त राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनका लागि अपनाउनु पर्ने तरिकाहरु, प्रगतिका बाधकहरु र तिनका समाधानका उपायहरु समेत बताउँदै अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई कसरी थप प्रभावकारी कसरी बनाउने भन्ने बरेमा मन्तव्य दिएका थिए ।
नेसनल प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी,केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना दिएका थिए । इच्छुक सहभागीहरुले आआफ्ना प्रतिक्रिया राखेका थिए । कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रम माथि प्रकाश परेका थिए । उक्त अवसरमा नयाँ सदस्य विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस