सिटिजन लाइफद्वारा बीमादाबीकाे रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- २१ असोज बिहीबार, २०७८ | १४:३४:०० मा प्रकाशित

पथरी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत तिन लाख बैसठ्ठी हजार(३,६२०००/-) भुक्तानी गरेको छ ।
मङ्गलबार कम्पनीले पथरी न. पा मा बीमित स्व.क्षितिज लिम्बूको घरमै पुगेर मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको बुवा रुपनाथ लिम्बुलाई तिन लाख बैसठ्ठी हजारको चेक हस्तान्तरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखा प्रमुख खगेन्द्र तोलांग, बिराट्चौक शाखा प्रमुख रितेस गजुरेल लगायत कम्पनीका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको बुवा रुप नाथ लिम्बू लाई चेक हस्तान्तरण गरिएको हो ।
भावनात्मक क्षतिलाई पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बीमाले ठूलो राहत पुर्याउने तथा बीमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्ने विषयमा बिराट्चौक शाखा प्रमुख रितेस गजुरेलले बताए ।
संसारका सम्पूर्ण भौतिक चिजहरु हामी लाई जुन बेला आवश्यक पर्छ त्यहीबेला किन्न सकिन्छ तर बीमा त्यस्तो चिज हो जुन आवश्यक परेको बेला किन्छु भन्दा नपाउन सकिन्छ, त्यसैले आजै बीमा गर्नु पर्ने भन्ने बारे धरान शाखा प्रमुखले बताए ।
पथरीशनिश्चरे–८ निवासी स्व. क्षितिज लिम्बुले सिटिजन शुभारम्भ बीमा योजनामा आफ्नो बुवा रुपनाथ लिम्बुलाई हकवाला रहने गरी तिन लाखको १५ वर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाएका थिए । पथरीशनिश्चेरे शुक्रबारेको दुर्गा नि.मा.वि को शिक्षक समेत रहेका लिम्बु यही श्रावण १९ गते मृत्यु भएको थीयो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस