सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो रुपन्देहीमा २० किलोमिटर यात्रा गरि जीवनबीमा सचेतना र्याली
- गाउँ सहर संवाददाता
- ६ कार्तिक आइतबार, २०७९ | ११:३५:०० मा प्रकाशित
रामेछाप । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले शनिबार विहान लुम्बिनी प्रदेशमा बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीतामा जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित बुटवल देखी भैरहवा २० किलोमिटर लामो दुरी परिक्रमा गरेर जनतालाई बीमा सचेतना जगाउने प्रयत्न गरेका छन् ।
.jpg)
बुटवल पुष्पलालपार्कबाट सुरु भएको बीमा सचेतना र्याली चौराहा, जोगीकुटी, ड्रइभरटोल, मणिग्राम, मंगलापुर, भलवारी, कोटीहवा हुदै भैरहवा सम्म भएको थियो । बीमा सचेतना सम्बन्धी प्लेकार्ड, तुल ब्यानर सहित मोटरसाइकलमा निकालिएको र्यालीमा १०० जना भन्दा बढि कर्मचारी तथा बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो साथै रुपन्देही जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यालयबाट पनि पूर्ण सहयोग र समर्थन भएको थियो ।
.jpg)
पाँचौं बार्षिकोत्सवको अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रवन्धक भैरहवा का नरेश सिग्देल र क्षेत्रीय शाखा प्रवन्धक बुटवलका दुर्गाराज ढकाल ले बीमा कर्मचारी तथा अभिकर्ताहरुलाई बीमा सचेतना फैलाउन निर्देशन दिए । उनले बीमा सचेतनाबाट मात्रै नेपालमा विकासको विकास र देशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै व्यक्तिगत विकाससँगै देश विकास अनि जनतालाई बीमाद्धारा रक्षावरण गर्न गाउँ गाउँमा बीमा सचेतना पुर्याउन आह्वान गरे ।
यही कार्तिक २ गते परेको बार्षिकोत्सव कार्तिक १ गतेदेखि नै सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले उत्साहप्रद रुपमा बीमा सचेतनाको जगाउने नारा समेत लगाएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस