सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो रुपन्देहीमा २० किलोमिटर यात्रा गरि जीवनबीमा सचेतना र्याली
- गाउँ सहर संवाददाता
- ६ कार्तिक आइतबार, २०७९ | ११:३५:०० मा प्रकाशित
.jpeg)
रामेछाप । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले शनिबार विहान लुम्बिनी प्रदेशमा बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीतामा जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित बुटवल देखी भैरहवा २० किलोमिटर लामो दुरी परिक्रमा गरेर जनतालाई बीमा सचेतना जगाउने प्रयत्न गरेका छन् ।
बुटवल पुष्पलालपार्कबाट सुरु भएको बीमा सचेतना र्याली चौराहा, जोगीकुटी, ड्रइभरटोल, मणिग्राम, मंगलापुर, भलवारी, कोटीहवा हुदै भैरहवा सम्म भएको थियो । बीमा सचेतना सम्बन्धी प्लेकार्ड, तुल ब्यानर सहित मोटरसाइकलमा निकालिएको र्यालीमा १०० जना भन्दा बढि कर्मचारी तथा बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो साथै रुपन्देही जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यालयबाट पनि पूर्ण सहयोग र समर्थन भएको थियो ।
पाँचौं बार्षिकोत्सवको अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रवन्धक भैरहवा का नरेश सिग्देल र क्षेत्रीय शाखा प्रवन्धक बुटवलका दुर्गाराज ढकाल ले बीमा कर्मचारी तथा अभिकर्ताहरुलाई बीमा सचेतना फैलाउन निर्देशन दिए । उनले बीमा सचेतनाबाट मात्रै नेपालमा विकासको विकास र देशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै व्यक्तिगत विकाससँगै देश विकास अनि जनतालाई बीमाद्धारा रक्षावरण गर्न गाउँ गाउँमा बीमा सचेतना पुर्याउन आह्वान गरे ।
यही कार्तिक २ गते परेको बार्षिकोत्सव कार्तिक १ गतेदेखि नै सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले उत्साहप्रद रुपमा बीमा सचेतनाको जगाउने नारा समेत लगाएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस