सिटिजन लाइफ इन्स्योरेन्सले मनाउँदैछ साताभर पाँचौँ वार्षिकोत्सव
- गाउँ सहर संवाददाता
- ३१ असोज सोमबार, २०७९ | १३:०८:०० मा प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नाे पाँचाैँ वार्षिकाेत्सव याे साताभर मनाउँदै छ ।
कार्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । साेही अवसरमा कम्पनीले साताभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउँन लागेकाे हाे ।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्वनिर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम् विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेशसनरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको छ ।
यसवर्ष पनि जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक -याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै स्थानीय निकाय, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ,निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।
बीमा सेवालाई थप गुणस्तरीय बनाउने र समाजप्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता व्यक्त गर्दै कम्पनीले सर्वसाधारणलाई सकेसम्म बीमाकाे पहुँचसम्म जाेड्ने जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस