नेपालकाे मुद्दा सतर्क र सशक्त रुपमा संयुक्त राष्ट्रसंघको महासभामा उठायाैँः परराष्ट्रमन्त्री डा. नारायण खड्का
- गाउँ सहर संवाददाता
- १४ असोज बिहीबार, २०७८ | १४:३३:०० मा प्रकाशित

काठमाडौँ । नेपालकाे मुद्दा सतर्क र सशक्त रुपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् ।
अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी गएका परराष्ट्रमन्त्री खड्काले नेपालका चासो, चिन्ता र हितका विषयहरु उठाएको बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बताएका हुन् ।
महासभामा सहभागी भएर फर्किएलगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले भ्रमण राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले सफल भएको बताए । उनले भने, 'महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा हाम्रो कुरा राखेका छौँ ।'
कोभिड–१९ को प्रभावबाट विश्वलाई मुक्त गर्नका लागि खोपसहितका अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको समान पहुँचको कुरा आफूले उठान गरेको मन्त्री खड्काले बताए . उनले जलवायु परिवर्तनले हिमशृङ्खलामा ल्याएको परिवर्तनमा विश्व समुदायले चासो दिनुपर्ने कुरा पनि आफूले उठाएको बताए ।
भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिए ।
आतंकवादको खतरा नियन्त्रणका लागि साझा कार्यक्रम तथा हतियार नियन्त्रणको प्रयासबारे पनि नेपालको पक्ष राखेको उनले बताए ।
यस्तै मन्त्री खड्काले शान्ति सेनामा जाने नेपाली सेनालाई पनि उचित स्थान दिनुपर्ने र क्षमताका आधारमा उच्च पद पनि प्रदान गर्नुपर्ने माग आफूले गरेको जानकारी दिए ।
यसैबीच भ्रमणको क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसहितसँग शिष्टाचार भेटवार्ता भएको उनले बताए । मन्त्री खड्काले भारतका विदेशमन्त्रीसँग सौहार्द भेट भएकाे बताउँदै आपसी हित र चासोका विषयमा कुराकानी भएकाे बताए । उनले भने, 'सहकार्यलाई थप बलियो गरी अघि बढाउनेबारे सौहार्द कुराकानी भएको छ ।'
बंगलादेशसँग ऊर्जाको विषयलाई लिएर पनि कुराकानी भएको उनले जानकारी दिए ।
एमसिसीबारे बाहिर आएजस्तो केही नबताएको दाबी मन्त्री खड्काले गरे । संसदबाट पारित गर्नुपर्ने व्यवस्था रहेकाले त्यसो नभएमा ‘नमान्लान् कि’ मात्रै भनेको उनले स्पष्ट पारे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस