गाउँ सहर
९५ लाख नेपाली रुपियाँसहित दुई जना भारतीय नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | १५:०१:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे रहेका छन् ।
चितवनबाट काठमाडौँ आउँदै गरेकाबेला स्रोत नखुलेको ९५ लाख रुपियाँसहित नागढुङ्गाबाट आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।
यात्रुबाहक माइक्रो बसको ८ र ९ नम्बर सिटमा बसेका दुवैको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो । सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीको भनाई छ । मालिको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख फेला परेकाले थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस