कोरोनाबाट थप ५ जना संक्रमितको मृत्यु, खोपको दायरा बढ्दा भाइरस तल
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | १६:२०:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६२२ को परीक्षण हुँदा १ हजार ३३० संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३३५ सघन र १०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ८३० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २५० र होम आइसोलेशनमा रहेको संख्या २० हजार १६४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३६० छ ।
देशमा सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५६ लाख २८ हजार ७९२ छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.१ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७२.५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस