७७ अंकले घटेकाे बजारमा ९ अर्बकाे काराेबार, नयाँ लगानीकर्ता घाटा खाएर बाहिरिने अवस्थामा
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक राताम्मे भएकाे छ ।
यसदिन नेप्से २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट इण्डेक्स ५.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६३ अंक घटेको छ ।
नेप्से ओरालो लागेपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । कूल २२२ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मा कारोबार भयो ।
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रकम घट्नै जान थालेपछि निक्षेप बाहिरिने डरले बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर धितोपत्र बजारमा परेको छ । भदौ महिनाको अन्तिम दिन, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव शेयर बजारमा परेको हाे ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ बराबरको कारोबार भयो ।
मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जी, चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स, सिनर्जी पावर, युनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, र बरुण हाइड्रोपावर लगायतकाे शेयरमूल्य घटेको छ ।
बजारमा प्राथमिकबाट दोस्रो बजारमा छिरेका नयाँ लगानीकर्ता शेयर बजारबाट घाटा खाएर बाहिरिने अवस्थामा पुगेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस