कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु, काठमाडौँ उपत्यकामा मात्रै ७१९ नयाँ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १६:५२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ९३५ को परीक्षण हुँदा २ हजार ५२ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७१९ नयाँ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ४३ लाख ९९ हजार २६ (पिसिआर र एन्टिजेन) परीक्षण भएको छ । जसबाट ८ लाख ४८ हजार २०४ संक्रमित पहिचान भएका हुन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५६३ सघन र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ३ हजार ३० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३११ र होम आइसोलेशनमा रहेको संख्या ३१ हजार ८१२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ३७७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६३ रहेको छ ।
मन्त्रालयका अनुसार २० जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस