कोरोना संक्रमितमध्ये ६२५ सघन र १६७ जनाको भेन्टिलेटरमा उपचार हुँदै, संक्रमण दर १९.५ प्रतिशत, थप २४ काे मृत्यु
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | १७:०१:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २९७ को परीक्षण हुँदा १ हजार ३८८ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ९४ हजार १३७ पिसिआर र ४ लाख ६१ हजार ४९९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ८ लाख २ हजार ९७१ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८२ हजार ९६८७१ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२५ सघन र १६५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार २६० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४३ र होम आइसोलेशनमा रहेको संख्या ३२ हजार ७४४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ५२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६१.१ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु २१ छन् भने २०० माथि संक्रमित रहेका १९ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस