कोरोनाबाट थप ४४ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३८ हजार २८७
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा र सेनाले व्यवस्थापन गरेको तथ्यांकसहित ४४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार २९० को परीक्षण हुँदा २ हजार ४८२ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ५९ हजार १५ पिसिआर र ४ लाख ४५ हजार ६५७ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ५२ हजार ८६३ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार ५८७ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२० सघन र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ७८१ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९७ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार २५० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस