कोरोनाबाट थप ४४ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३८ हजार २८७
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा र सेनाले व्यवस्थापन गरेको तथ्यांकसहित ४४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार २९० को परीक्षण हुँदा २ हजार ४८२ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ५९ हजार १५ पिसिआर र ४ लाख ४५ हजार ६५७ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ५२ हजार ८६३ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार ५८७ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२० सघन र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ७८१ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९७ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार २५० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस