गाउँ सहर

प्रदेश २ का प्रमुख डा. राजेश अहिराज पदमुक्त, मिश्र नियुक्त

काठमाडाैँ । सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो ।

डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।

मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् ।

मिश्र एक पटक सांसदसमेत भइसकेका छन् ।

गाउँ सहर संवाददाता