एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने : राप्रपा अध्यक्ष राणा
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | २०:३५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।
‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापना कालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले शनिबार भने ।
विच समयमा आन्तरिक विवादका कारण सो उद्देश्य पूरा गर्न नसके पनि, एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
काठमाडौं जिल्ला, क्षेत्र नं ५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राणाले, महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
‘पार्टी एकता पछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ,’ राणाले भने ।
त्यसैले संगठन निर्माण गर्न र जनतामाझ जान कुनै कसर बाँकि राख्न नहुने उनको भनाइ थियो ।
सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेका थिए ।
करिव दुइतिहाई बहुमत प्राप्त कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहस नहस बनायो, अध्यक्ष राणाले भने ।
अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुने आशा संचार गर्न सकेको छैन, उनले भने ।
एक महिना वितिसक्दा पनि सरकार विस्तार नसकि, पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको उनको भनाइ थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस