राष्ट्रिय जनमुक्ति पार्टीद्वारा एमसिसि बिरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | ०९:३३:०० मा प्रकाशित
नवलपरासी । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि परियोजनाको बिरोधमा नवलपरासीमा प्रदर्शन गरेको छ ।
पार्टीको नवलपरासी जिल्ला कार्यसमितिको आयोजना र बर्धघाट नगर समितिको ब्यबस्थापनामा बर्दघाटमा प्रदर्शन तथा खबरदारी सभा सम्पन्न गरेको हो ।
बिरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव टोप अस्लामीले एमसिसि परियोजना नेपालको हित बिपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताए ।
मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सके देशको विकासका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै उप-महासचिव अस्लामीले एमसिसि परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
.jpg)
एमसिसि परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उनले एमसिसि परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औल्याए ।
राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीका अध्यक्ष धनबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य गीता सारु, लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङ्ग, राष्ट्रिय मुश्लिम परिषदका महासचिव मोजिब अली, लुम्बिनी प्रदेश सदस्य तारा राना लगायतले एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै त्यसको बिरोधमा पार्टीले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।
यसअघि बर्दघाटको त्रिबेणी चोकबाट शुरु भएको बिरोध र्याली नगर परिक्रमा गरी बर्दघाट चोकमा खबरदारी सभामा परिणत भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस