उपभोक्ता समितिकाे नेतृत्व चयनमा नियम मिचेकाे भन्दै राष्ट्रिय जनमुक्ति पार्टीकाे आपत्ति
- गाउँ सहर संवाददाता
- १ श्रावण बिहीबार, २०७७ | १५:०३:०० मा प्रकाशित

बुटवल । रुपन्देहीको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे नयाँ नेतृत्व चयन प्रकृया विधान विपरित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भागवण्डा गर्न थालिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले आपत्ति जनाएको छ । संस्थाको असोज अन्तिम साता गर्ने भनिएको छैठौं अधिवेशनका लागि निर्वाचन समिति नै विधान विपरित गठन गरिएको भन्दै जनमुक्ति पार्टीले विधानसम्मत ढंगले गठन गर्न माग गरेको छ ।
संस्थाको अधिवेशनका लागि निर्वाचन समिति हालको कार्यसमिति वैठकले गर्ने विधान विपरित सत्तारुढ र प्रतिपक्षी दललाई जिम्मा दिने निर्णय गर्नु र निर्वाचन समितिमा दुई दलका मान्छे मात्र राखिनु आपत्तिजनक भएको पार्टीको तिलोत्तमा नगर समितिले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ । निर्वाचन समितिको सदस्यमा विधान विपरित संस्थाका कार्यसमिति सदस्य बेलप्रसाद शर्मालाई राखिएको, निर्वाचन समितिमा महिलाको सहभागिता नभएको र नगरमा क्रियाशील जनमुक्ति लगायत अन्य पार्टीलाई उपेक्षा गरिएको संस्थाकी कोषाध्यक्ष सरिता थापाले बताइन् । ‘कार्यसमितिको वैठकबाट निर्वाचन समिति बनाउनुपर्ने विधान मिचेर सत्ता पक्ष र प्रतिपक्षबीच मिलेमतो गरेर एकलौटी गरिएपछि हामीले आपत्ति जनाएका छौं, निर्णय सच्चाएर विधिसम्मत ढंगले अघि नबढे चरणवद्ध आन्दोलन हुन्छ ।’
पार्टीका तिलोत्तमा नगर अध्यक्ष भोमबहादुर बुढामगरले संस्थामा करोडौं रुपैयां वजेट रहेको र आफ्नो पार्टीले मितव्ययिता, पारदर्शिताको पक्षमा आवाज उठाउने गरेकाले वजेटमा मनोमानी गर्नका लागि दुई दलको मिलेमतो भएको बताए । उनले एउटा धारा जडानका लागि संस्थाले उपभोक्ताबाट २० हजार रुपैयां लिने गरेको तर आफ्ना प्रतिनिधि नेतृत्वमा गए ५ हजार रुपैयांमा धारा जडान गरिदिने घोषणा गरेकाले अन्य दललाई ‘बाइपास’ गरिएको गुनासो गरे । वार्षिक करिव ४ करोड बराबरको आर्थिक कारोबार हुने संस्थामा हाल ६ हजार ३५० उपभोक्ता रहेका छन् । २१ जना कर्मचारी रहेको उक्त खानेपानी उपभोक्ता समितिमा १८ करोड बढीको कोष रहेको कोषाध्यक्ष थापाले बताइन् ।
पत्रकार सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य गीता सारुले खानेपानी तथा सरसफाई जस्तो संस्थामा सत्ता पक्ष र प्रतिपक्ष मिलेमतो गरेर लोकतान्त्रिक मूल्य मान्यता विपरित अनावश्यक राजनीति गरेको भन्दै संस्थामा चार जनाको प्रतिनिधित्व रहेको पार्टीलाई उपेक्षा गरेर अधिवेशन गर्न खोजिए सशक्त प्रतिवाद हुने चेतावनी दिइन् । निर्वाचन समिति गठन गर्न दुई दललाई जिम्मा दिने निर्णयप्रति विरोध जनाउदै पार्टीले यसअघि तिलोत्तमा नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन नभएको उनले बताइन् । संस्थाका अध्यक्ष हरि तिवारीले भने निर्वाचन समिति विधान अनुसार नै गठन गरिएको दाबी गरेका छन् । अधिवेशनका लागि टेकबहादुर थापाको संयोजकत्वमा पांच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस