नवलपरासीले गर्यो निर्वाचित संघीय परिषद सदस्यलाई सम्मान
- गाउँ सहर संवाददाता
- १६ असोज शनिबार, २०७८ | ०८:५१:०० मा प्रकाशित
नवलपरासी । मुलुकको विविधता सहितको विशिष्टतालाई जनमुक्ति विचारधाराको मार्गदर्शन र लोकतान्त्रिक प्रकृयाबाट उचित व्यवस्थापन गर्ने महान लक्ष्य प्राप्तिका लागि “पूर्ण संघीयता, जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता । भ्रष्टाचारमुक्त समृद्ध नेपालको निर्माण – हाम्रो प्रतिबद्धता ।।” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टी बर्दघाट नगरसमितिको आयोजना (मिति २०७८ भदौ २६–२८ गते) धरान, सुनसरीमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनमा नवलपरासी जिल्लाको (बर्दघाट सुस्ता पश्चिम) तर्फ देखी निर्वाचित संघीय परिषद सदस्य युवा नेता संम्साद अन्सारी, महिला नेत्री कलावती पुन र मीनमाया थापा र रुपन्देहीका एम डि हफिज अन्सारीलाई नगरसमितिको आयोजना र जिल्लाको ब्यवस्थापनमा एक कार्यक्रम गरी भब्यरुपमा सम्मान गरेको छ ।
उक्त सम्मान कार्यक्रम पार्टीका अग्रज नेता तथा संघीय परिषद सदस्य लुम बहादुर खाम्चा मगरले सत्ताको लडाँईले सुःखसयल र मोजमस्ती खोज्ने बताउँदै उनले राष्ट्रिय जनमुक्ति पार्टी त्यसो नभई मुलुकमा वहुजातिय समाजवाद स्थापना गरेर राज्य व्यवस्थामा परिवर्तन ल्याउने तर्फ निरन्तर अघि बढेको बताए । साथै जनमुक्ति पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्नको लागी वर्षौ देखी वहुजातिय लोकतान्त्रिक समाजवादलाई बस्ती बस्ती टोल टोल कुना कन्दरा सम्म पुर्याउन निर्वाचित सदस्यको मुख्य भूमिका रहेको बताए । उत्पिडन जाती बर्ग समुदायको मुक्तिकोलागि हरेक जातिको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई राज्य व्यवस्थामा स्थापित नगराएसम्म मुलुकमा समावेशी विकास नहुने बताए । मुलुकलाई न्याय, समनता र समावेशिताको माध्यामबाट अघि बढाउने हो भने बहुजातिय लोकतान्त्रिक समाजवादको नेपालमा विकल्प नरहेको पनि स्पष्ट पार्दै सफल कार्यकालको शुभकामना तथा बधाई प्रकट गरेका थिए ।
सोही अवसरमा लुम्बिनी प्रदेश सदस्य टुगा राना (तारा) ले नेपालकाे आमूल परिवर्तनका लागि विगत तीन दशक देखि निरन्तर संघर्षशिल "राष्ट्रिय जनमुक्ति पार्टी"को छैठाैं राष्ट्रिय महाधिवेशनलाई पार्टी जीवनमा "काेशे ढुङ्गा" सावित गरी नयाँ नेपाल निर्माण गर्न महत्वपूर्ण पदमा सर्वसम्मत ढंगबाट निर्वाचित भएका केन्द्रीय पदाधिकारीहरु तथा संघीय परिषद सदस्य जुझारु कर्मठ जनमुक्ति योद्धाहरुमा सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे ।
पार्टी जिल्ला अध्यक्ष धन बहादुर गुरुङ्गले नवलपरासी जिल्लाको तर्फ देखि निर्वाचित हुनु भएका सबै सदस्यहरुलाई सृजनशिल ढङ्गबाट राजनीतिक यात्रा सफलताको कामना गरे । जनमुक्ति विचार-धाराले सबैलाई गोलबन्द गर्दै र मुलुकमा भएका सबैखाले बिभेदको अन्त्यको लागि राष्ट्रिय जनमुक्ति पार्टी राजनीतिक शक्तिको बिकल्प हो । जातिय मुक्ति र लोकतन्त्रको निम्ति राष्ट्रिय जनमुक्ति पार्टीको महान उद्देश्यलाई सार्थकता दिन निर्वचित सदस्यहरुलाई आग्रह पनि गरे ।
निर्वाचित तथा सम्मानित हुनेहरुको तर्फ देखि युवा नेता तथा संघीय परिषद सदस्य संम्साद अन्सारीले राष्ट्रिय जनमुक्ति पार्टीले स्थापनाकाल देखि नै उठाउँदै आएको प्रमूख मुद्धाहरु मध्य भ्रष्टाचार उन्मुलनको मुद्धाले निकै आक्रसित बनाएको बताए । पार्टीले उठाएको अन्य मुद्धा संघीयता, धर्मनिरपेक्षता र सुशासनका मुद्धाहरुलाई अब जनजनमा पुर्याउनको निम्ति एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता गरे ।
बर्दघाट नगर समितिका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता भएको सम्मान कार्यक्रममा स्वागत मन्तब्य क्या चन्द्र बहादुर थापाले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला सहसचिव खड्ग बहादुर घर्तीले गरेका थिए । कार्यक्रममा निर्वाचित सदस्यहरुलाई खादा लगाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए । निर्वाचित तीन जना केन्द्रीय सदस्यहरुको आगमनले नवलपरासी सुस्ता पश्चिम जनमुक्तिमय भएको र आगामी निर्वाचनमा सफलता हासिल गर्ने सम्म अंकलन गरिएको उपस्थिती नेताहरुले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस