गाउँ सहर

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीद्वारा एमसीसीकाे विराेधसँगै भ्रष्टाचारबारे छानविन गर्न माग

रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही द्वारा आयोजित MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेजी माग र कोरोना महामारी (COVID-19) नियन्त्रणको नाऊँमा भए गरिएका भ्रष्टाचारबारे अख्तियारद्वारा तुरन्त छानविन गर्ने मागसहित् विरोध तथा खबरदारी कार्यक्रम सिद्धार्थनगर स्थित शुकदेब पार्क, बर्मेलीटोल, भैरहवा मा सम्पन्न गरेको छ ।

नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौती दिने शर्तसहित आएको MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेज गर, कोरोना महामारी (COVID-19) नियन्त्रणको नाऊँमा भए गरिएका भ्रष्टाचारबारे अख्तियारद्वारा तुरन्त छानविन गर ! भन्ने मुल ब्यानर सुसज्जित पार्टी कार्यकर्ताको उपस्थिती रहेको थियो ।

विरोध सभालाई संबोधन गर्न पार्टी का प्रदेश उपाध्यक्ष हरी ओम विश्वकर्मा, उपमहासचिव तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी र पार्टी उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर ले संबोधन गरेका थिए ।

उपमहासचिव टोप अस्लामीले सरकारले हालै जारी गरेको लिम्पियाधुरा लिपुलेक समाबेश गरी ल्याएको नक्साको पार्टीले स्वागत गरेको बताउँदै सरकारले कोरोनालाई देखाएर जनतालाई बसिभुत बनाई चरम भ्रस्टाचार गरेको बताएका छन । अस्लामीले भने, "१० करोड भ्रष्टाचार गर्नेलाई १४ वर्ष सजाय् हुने हो भने एक करोड खाएर राष्ट्रघाती सम्झौता गर्नेलाई कति सजाय् हुने ? तसर्थ जनमुक्ति पार्टीले के भन्छ भने भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरि भ्रष्टाचारीलाई कठोर दण्ड - सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था हुनु पर्छ भन्दै आएको छ ।"

वक्ताहरूले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौती दिने शर्तसहित आएको MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेज गर्नु पर्ने बताएका थिए ।

वक्ताहरुकाे नेपालमा जटिल र विकराल समस्याको रूपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने "राष्ट्रिय ईच्छा शक्ति" नभई समृद्ध नेपालको निर्माण हुन सक्दैन भन्ने निचाेड थियो ।

जातीय हत्या हिंसा र विभेदको अन्त्य र भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहित,स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनु पर्छ । पंचायती शासनकाल देखि हालसम्म भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरूको सम्पतिबारे स्वतन्त्र ढंगले छानबिनका लागि "शक्तिशाली नागरिक छानबीन आयोग"गठन गरिनु पर्छ वक्ताहरुले जोड दिएका थिए ।  

विराेध राष्ट्रिय जनमुक्ति पार्टी, रूपन्देही र  संयोजनः जनमुक्ति युवा महासंघ, (लुथम) गरेको थियो ।

शुकदेब चोकमा भएको विरोध सभापछि निस्केको विरोध -यालीले नारायणथान हुँदै मिलन चोक, जिल्ला प्रशासन कार्यालय पुगि सिडियो कार्यालयमा ज्ञापन पत्र हस्तान्तरण गरेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत