राजनीति

आफू मुख्यमन्त्री रहँदा गरेका महत्वपूर्ण काम भन्दै पाेखरेलले सार्वजनिक गरे ४५ बुँदा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारीबाट बाहिरिएसँगै शंकर पोखरेलले आफ्नाे कार्यकालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढेको उनले जनएका छन् । 

उनले आफू पदमा रहँदा गरेका महत्वपूर्ण काम भन्दै सामाजिक सञ्जालमार्फत ४५ वुँदा सार्वजनिक गरेका छन्। 

यस्ता छन् ४५ बुँदा

१. प्रदेश स्थापना हुदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको   प्रकाशन

२. कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण

३. प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षिय योजना निर्माण

४. कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता

५. आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी

६. प्रदेशको नाम लुम्विनी र स्थायि राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्मा तोक्ने ऐतिहासिक निर्णय

७. कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण

८. सामाजिक र मानविय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी

९. दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी

१०. लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी

११. ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका

१२. विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र वाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय

१३. स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम

१४. प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना

१५. आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण

१६. सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता

१७. रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण

१८. प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।

१९. सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण

२०. प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन

२१. एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल

२२. सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा सतप्रतिसतभन्दा वढि बजेटखर्च गर्ने क्षमताको विकास

२३. तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल

२४. केन्द्र र स्थानिय तहसंगको राम्रो समन्वय र सहकार्य

२५. औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल

२६. आगामी वर्ष झण्डै ८०वटा पुल निर्माण हुने अवस्थाको निर्माण

२७. केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा वढि बजेट परिचालन गर्न सफल

२८. केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण

२९. लुम्विनी प्रदेशको दिर्घकालिन योजनाको आधार तयार

३०. ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।

३१. तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार

३२. प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ

३३. दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण 

३४. प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको

३५. सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी

३६. प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी ।

३७. पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको 

३८. पालिकाहरुमा खेलपुर्वधारको विकास र वहुद्देश्यिय भवनको निर्माण

३९. विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि

४०. मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था

४१. प्रदेशमा अवस्थित विश्वविद्यालयसंग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।

४२. मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिवी निवारणमा महत्वपूर्ण योगदान

४३. राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना

४४. जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि

४५. सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास

गाउँ सहर संवाददाता

तपाईँको मत