कोभिड रोकथाम र नियन्त्रणमा जिल्ला केन्द्रित हुन तरुण दल अध्यक्षलाई १० बुँदे निर्देशन
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १२:३१:०० मा प्रकाशित

काठमाडौं । नेपाल तरुण दल कोभिड संक्रमण रोकथाम र नियन्त्रणमा केन्द्रित हुन भएको छ । तरुण अध्यक्ष जितजङ्ग बस्नेतले सबै जिल्ला समितिहरूलाई महामारीबाट बच्न स्थानीय प्रशासनसँग सहजीकरण गर्न/गराउन परिपत्र गरेका हुन् ।
परिपत्रमा ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउन र कोभिडविरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन भनिएको छ । बाहिरी मुलुकबाट आएका व्यक्तिहरू क्वारेन्टिनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसंग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्न आग्रह गरिएको छ ।
यस्तो छ परिपत्र
श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।
विषय : परिपत्र
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।
१. कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने ।
२. खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।
३. स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।
४. बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।
५. खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने।
६. अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने ।
७. सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।
८. मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।
९. सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।
१०. अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
जित जङ्ग बस्नेत
अध्यक्ष, जय नेपाल ।
मिति : २०७८/०४/२७

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस