बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खालिङ पक्राउ
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १७:४१:०० मा प्रकाशित
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने पाँचथर जिल्ला मिक्लाजुङ् गाउँपालिका-५ घर भएका ४२ वर्षीय चिरायु खालिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा २०७७ फागुन १० गते उच्च अदालत पाटनबाट ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ महालक्ष्मीथानबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उनलाई अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस