साताको अन्तिम कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम कारोबार दिनमा नेप्से दोहोरो अंकले घटेकाे छ । यसदिन ६ नेप्से १६ अंकले घटेर ३१०७.४५ बिन्दुमा राेकिएकाे छ ।
यसअघिका चार कारोबार दिनमा नेप्से ४३.३७ अंकले बढेको थियो । बुधबार सूचक ३१२३.१५ पुगी नयाँ रेकर्ड कायम गरेको थियो ।
यस दिन नेप्से २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटकको कारोबारमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसैगरि युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
यसैगरी अपि पावर, अरुण भ्याली, अरुण काबेली फस्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर, बुटवल पावर र युनाइटेड मोदी हाइड्रोपावरको शीर्ष दश ठूलो कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस