साताको अन्तिम कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | १६:०८:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम कारोबार दिनमा नेप्से दोहोरो अंकले घटेकाे छ । यसदिन ६ नेप्से १६ अंकले घटेर ३१०७.४५ बिन्दुमा राेकिएकाे छ ।
यसअघिका चार कारोबार दिनमा नेप्से ४३.३७ अंकले बढेको थियो । बुधबार सूचक ३१२३.१५ पुगी नयाँ रेकर्ड कायम गरेको थियो ।
यस दिन नेप्से २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटकको कारोबारमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसैगरि युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
यसैगरी अपि पावर, अरुण भ्याली, अरुण काबेली फस्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर, बुटवल पावर र युनाइटेड मोदी हाइड्रोपावरको शीर्ष दश ठूलो कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस