हप्ताको अन्तिम दिन चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | १३:५९:०० मा प्रकाशित
काठमाडौँ । हप्ताको अन्तिम कारोबार दिन बजार खुलेको साढे दुई घण्टा अवधिमा चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । यी चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७२० दशमलव ५०, कर्णाली डेभलपमेण्ट बैंकको रू. ४४७ दशमलव ७०,जीवन विकास लघुवित्तको रू. १ हजार ५०६ दशमलव २० र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूूल्य रू. ४८२ दशमलव ७० पुगेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस